सुन र नगदसहित गोंगबुबाट पक्राउ परेका ‘मिटरब्याजी’ श्रेष्ठलाई राजस्वमा पठाउने तयारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । गोंगबुबाट मंगलबार सुन र नगदसहित पक्राउ परेका मिटरब्याजी विनोद श्रेष्ठलाई राजस्वमा पठाउने तयारी भइरहेको छ । श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भएको हो ।

गोरखा नगरपालिका वडा नम्बर–६ घर भइ गोंगबुमा बस्दै आएका श्रेष्ठलाई ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहनासहित प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले गहना र नगद उनकै घरको चामलको बोरामा लुकाएर राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

बरामद गरिएका नगद र सुनका गहना सहित आरोपी श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाउने पठाउन लागिएको एसपी बोहोराले बताए ।

सम्बन्धित खबर

सिफारिस