दुग्ध उत्पादक किसानद्वारा आन्दोलन फिर्ता, कार्तिकभित्र रकम चुक्ता गर्ने सहमति

दियोपोस्ट संवाददाता

काठमाडौं । दुग्ध उत्पादक किसानहरूले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । बुधबार सरकारसंग भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका हुन् ।

सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता रकम ५ असोजभित्र भुक्तानी गरिने बताइएको छ । त्यसैगरी, साउन महिनासम्मको बक्यौता ३० असोजभित्र चुक्ता गरिने सहमति भएको छ ।

भदौ महिनासम्मको बाँकी रहेको भुक्तानी भने कात्तिक मसान्तभित्र चुक्ता गर्ने सहमति भएसंगै आन्दोलन रोकिएको बताइएको छ ।