
काठमाडौँ । नेपाल शिक्षक महासंघले पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज ५ वटा राजनीतिक दलका कार्यालयमामा धर्ना दिने भएको छ। राजनीतिक पार्टीहरूलाई शिक्षकहरूका मागप्रति ध्यानाकर्षण गराउनका लागि धर्ना कार्यक्रम राखिएको हो ।
महासंघले लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल, जनता समाजवादी पार्टीको कार्यालय ग्वार्को ललितपुर, जनमतत पार्टीको कार्यालय बानेश्वर, नागरिक उन्मुक्ति पार्टीको कार्यालय बानेश्वर, र राष्ट्रिय जनमोर्चा पार्टीको कार्यालय कपनमा एकै साथ धर्ना दिने कार्यक्रम छ ।
पाँच वटै राजनीतिक पार्टीका कार्यालयमा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको कार्यक्रमका संयोजन अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
यस अघि शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भदौ ११ गते, नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा भदौ १२ गते र माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भदौ १३ गते धर्ना दिएको थियो ।