९ वर्षअघि नै सुचिकरण भएको हाम्रो पात्रो पनि बन्द गर्न सरकारको पत्राचार

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारले फेसबुक लगायत २६ वटा सामाजिक संजालका प्लेटफमहरु बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयनका लागि सुचना तथा संचार प्रविधि मन्त्रालय हुँदै दुरसञ्चार प्राधिकरणमा समेत पत्राचार भइसकेको छ । प्राधिकरणले सबै ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुलाई पत्राचार समेत गरिसकेको छ । सामाजिक सञ्जाल बन्द गर्ने क्रममा सरकारले नेपाल सरकारमा दर्ता तथा सुचिकरण समेत भएको नेपालीहरुले नै संचालन समेत गरेको हाम्रो पात्रो डटकमलाई समेत बन्द गर्न पत्राचार गरेको छ । जबकी हाम्रो पात्रो प्रेस काउन्सिल नेपालमा सुचिकरण भएको देखिन्छ ।

प्रेस काउन्सिलको वेभसाइटमा अपलोड भएको सुचिकृत अनलाइनहरुको नामावलीमा हाम्रो पात्रो डटकम छ । उक्त अनलाइन २०७३ भदौ १५ गते सुचिकरण भएको देखिन्छ । हाम्रो पात्रो डटकम र हाम्रो पात्रो डटकम डट एनपी दर्ता तथा सुचिकृत प्लेटफर्म हो । स्मार्ट आइडियाज प्रा.लीको नाममा दर्ता तथा सुचिकरण भएको यो अनलाइन प्लेटफर्मको सम्पादक सन्तोष कुमार देवकोटालाई सरकारले गरेको पछिल्लो निर्णयको बारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा उनले फोन उठाएका छैनन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि लगाम लगाएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।