
काठमाडौं । रामहरी खतिवडा ‘संसदीय सुनुवाइ समिति’ सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।
यस अघि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार स्वीकार गर्दै ‘राज्य व्यवस्था समिति’बाट राजीनामा दिएका थिए ।
उनी संसदीय सुनुवाइ समिति सभापतिमा भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले घोषणा गरेका थिए ।