ट्रमा सेन्टरमा उपचारकाे क्रममा अर्का एक जना प्रदर्शनकारीको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केहीबेरअघि एक जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यसअघि अर्का एक जनाको मृत्यु भइसकेको छ । केहीलाई गोली लागेको छ ।

अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।