
काठमाडौं । जेन जि पुस्ताका युवाहरुको आन्दोलन आज पनि काठमाडौंको नयाँबानेश्वरमा जारी छ । प्रदर्शनकारी बिहानैदेखि नयाँ बानेश्वरस्थित संसद भवन नजिकै नाराबाजी गरिरहेका छन् ।
नयाँ बानेश्बरका चार वटै चोकमा प्रदर्शनकारीहरुको बाक्लो उपस्थिति रहेको छ । उनीहरुले शंखमुलतर्फ जाने सडकबाट प्रहरीलाई लेखेटेका छन् ।
हिजो प्रहरीले शान्तिपूर्ण आन्दोलन गरिरहेका प्रर्दशनकारीलाई गोली हानी हत्या गरेको बिरोधमा आज पनि प्रदर्शन जारी राखिएको छ ।यतिबेला आन्दोलनकारीले बानेश्वर क्षेत्रमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् ।








