
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सामुहिक राजिनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकद्वारा सबै सांसदहरुले सामुहिक राजीनामा गर्ने तयारी भइरहेको बताइएको छ ।
विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेको रास्वपाका प्रवक्ता मनिष झाले बताए । जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।
मंगलबार पनि युवाहरू काठमाडौंसहित देशैभर सडक प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहहरुले संसद बिघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् ।
प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ । रास्वपाका सांसद सांसद असिम शाहले यसअघि नै राजीनामा दिइसकेका छन् ।