
काठमाण्डौँ । जेनजीका युवाहरुले एमाले नेता महेश बस्नेतको घरमा आगो लगाएका छन् । प्रदर्शनकारीले भक्तपुरको गुण्डुमा रहेको बस्नेतको घरमा आगो लगाएका हुन् ।
जेनजिको आन्दोलन मंगलबार पनि जारी छ । प्रदर्शनकारीले राजनीतिक दलका नेताहरुको घरमा तोडफोड र आगजनी गरिरहेका छन् । अहिलेसम्म नेकपा एमाले, कांग्रेस लगायतका दलका दर्जनौँ नेताहरुको घरमा आगजनी गरिसकेका छन् ।