सेनाका ६ वटा हेलिकोप्टरले भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरु ओसार्दै

दियोपोस्ट संवाददाता

काठमाडौं । भैंसेपाटीस्थित मन्त्री निवासमा रहेका मन्त्रीहरुलाई सुरक्षित स्थानतर्फ लैजानका लागि नेपाली सेनाका ६ वटा हेलिकप्टर प्रयोग गरिएको छ । जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि बढेपछि मन्त्रीसहितका मानिसहरुलाई हेलिकप्टरमार्फत बाहिर निकालिएको हो ।

प्रदर्शनकारीहरुले मन्त्री क्वाटरमा आगजनी गर्न थालेपछि सेनाले हवाई फायर समेत गरेको छ ।