काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलनमा निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको भन्दै मन्त्री पौडेलले राजीनामा दिएका हुन् ।
मन्त्री पौडेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन् । मन्त्री पौडेलले लेखेका छन् ।
उनले नागरिकको जीवन रक्षाका लागि सपथ लिएको र त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न आफ्नो आत्माले नमानेको बताएका छन् ।
लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको पदबाट राजीनामा दिएको पौडेलले बताएका छन् ।