युवाहरुले सिंहदरबारको मूल गेटमा लगाए आगो

दियोपोस्ट संवाददाता

काठमाडौं । जेनजी प्रदर्शनका युवाहरुले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित युवाहरुको भिडले मंगलबार सिंहदरबारको मुल गेटमा आगो लगाएका हुन् ।

यसअघि प्रदर्शनकारी युवाहरुले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका छन् ।

प्रहरीको दमन र २० जना युवाहरुको हत्यको बिरोधमा प्रदर्शनकारी युवाहरुले आज देशब्यापी रुपमा आन्दोलन गरिरहेका छन् ।