बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो ।

पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

सम्बन्धित खबर

सिफारिस