काठमाडौं । आन्दोलनका नाममा राजधानीका बिभिन्न स्थानमा लुटपाट गर्ने २६ जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकाबाट नियन्त्रणमा लिएको हो ।
नेपाली सेनाले भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएका २१ जना र नयाँ बानेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंक लुटपाटमा संलग्न ५ जना गरि २६ जनालाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।