काठमाडौँलगायत देशका मुख्य शहरमा कर्फ्यु , विना काम घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंमा आज पनि कर्फ्यु आदेश जारी गरिएको छ । जेनजी आन्दोलनका क्रममा मंगलबार भएको भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट कर्फ्यु लगाइएको हो ।

आज बिहानैदेखि राजधानीका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।

अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।