लुटिएका हतियार बुझाउन सेनाको अनुरोध

दियोपोस्ट संवाददाता

काठमाडौं- नेपाली सेनाले लुटिएका हतियार तथा गोलीगट्ठा बुझाउन अनुरोध गरेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन सेनाले अनुरोध गरेको हो।

हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने भन्दै सेनाले बुझाउन अनुरोध गरेको हो। त्यस्तै सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेको छ।

हतियार तथा गोलीगट्ठा नबुझाई कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने समेत सेनाले चेतावनी दिएको छ।

सिफारिस