अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार

दियोपोस्ट संवाददाता

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीता कार्कीले नेपालको अन्तरिम सरकारको नेतृत्वका आफु तयार भएको बताएकी छिन् । जेनजी युवाबाट प्रस्तावित सुशीला कार्कीले राष्ट्रिय हितका लागि नेतृत्वका लागि गर्न तयार रहेको बताएकी हुन् ।

उनले नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताइन् ।

बुधबार साँझ भारतीय संचार माध्यमलाई अन्र्तवार्ता दिने क्रममा कार्कीले जेन–जी समूहले आफुलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गरेको र राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताइन् ।