अन्तरिम सरकार प्रमुखबारे निर्णय गर्न जंगी अड्डामा आज पूनः वार्ता हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौं । अन्तरिम सरकारको नेतृत्वबारे निर्णय गर्न आज नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित जंगी अड्डामा पूनः छलफल हुने भएको छ । बुधबार राती अबेरसम्म भएको छलफलबाट निश्कर्ष बिहिन भएपछि आज पूनः छलफल हुने भएको हो ।

आज नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने बताइएको छ ।

जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

जेनजी युवाहरुले भर्चुअल छलफल गरि सुशीला कार्कीको नाम सिफारिस गरेको र कार्कीको नाममा धेरैको समर्थन देखिएको उनको भनाई छ ।

बस्नेतका अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागिएको बताए ।

कार्कीले समेत अन्तरिम सरकारको नेतृत्व लिन आफु तयार रहेको बताएकी छन् ।