त्रिविको पठन-पाठन छठ पछि

दियोपोस्ट संवाददाता

काठमाडौँ । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठन-पाठन स्थगित गरेको छ । त्रिवि रजिस्ट्रारको कार्यालयले आज एक सूचना जारी गर्दै त्रिवि र त्यसका सबै आंगिक क्याम्पसको पठनपाठन छठ पछि मात्रै खुल्ला गरिने बताएको हो ।

रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्नेगरि कात्तिक ११ गतेसम्मका बिदाहरू मिलाइएको बताइन् ।