
काठमाडौं । पूर्वप्रधानन्यायाधि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन खोजिएको बिरोधमा नेपाली सेनाको मुख्यालय जंगी अड्डा अगाडी नाराबाजी सुरु भएको छ । जेनजी आन्दोलनका फरक बिचार राख्ने युवाहरु विरोधमा उत्रिएका हुन् ।
उनीहरुले भारतीयको चाहनाअनुरुप कार्कीलाई सरकार प्रमुख बनाउन खोजिएको भन्दै त्यसको बिरोध गरे । जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको भन्दै युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताए ।
उनीहरुले समाचार संकलनका जंगी अड्डा पुगेका भारतीय मिडियाविरुद्ध समेत आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै भारतीय मिडियाको विरोध गरिरहेका छन् ।
सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।