
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका नामम जलाइएको सिंहदरबार भित्रको भग्नावशेष सफा गर्न निजामती कर्मचारीहरुले आव्हान गरेका छन् । कर्मचारीहरुले सामाजिक संजालमार्फत सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका हुन् ।
निजामती कर्मचारीहरूले ‘सार्वजनिक नीति संवाद’ मार्फत भनेक छन्, ‘सिंहदरबार भित्रका सबै कर्मचारी आ-आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौं ।’
उनीहरूले परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ-आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरेका हुन् ।
निर्वाचित सरकार नभएको अवस्थामा स्थायी सरकारका प्रतिनिधि भनेर चिनिने कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने भन्दै उनीहरूले अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारु गर्ने गराउने पहल गर्न समेत आव्हान गरेका छन् ।
आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ अभियान सुरु गरिसकेका छन् ।
यद्यपी, नेपाली सेनाले सिंहदरबारमा त्यहाँभित्र कार्यरत कार्यालयका कर्मचारी बाहेक अरूलाई प्रवेश दिएको छैन ।