संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पस अगाडी विद्यार्थीद्वारा प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा विद्यार्थीहरुले संविधानको माग गर्दै प्रदर्शन गरेका छन् । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधान रक्षाको आह्वान गर्दैै पदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका छन् ।