
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । शीतल निवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।
गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले सबै मन्त्रालय आफैसंग राखेकी छन् ।
नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।