
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात भएको बताएको छ । नवनियुक्त प्रधमामन्त्रीको सिफारिसमा शुक्रबार राती राष्ट्रपति रामवरण यादवले संसद विघटन गरेपछि एक बिज्ञप्ती जारी गर्दै माओवादी केन्द्रले लोकतन्त्रप्रति आघात भएको बताएको हो ।
लोकतन्त्रमा जनताको सार्वभौम मतको अभिव्यक्ति हुनुपर्ने भन्दै माआवादी केन्द्रले प्राप्त उपलब्धिहरू गुम्न सक्नप्रति चिन्ता ब्यक्त गरेको छ ।