प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पतालमा

दियोपोस्ट संवाददाता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेलाई भेट्न अस्पताल पुगेकी छन् । आन्दोलनमा घाइते भएकाहरुको अवस्था बुझ्न उनी ट्रमा सेन्टर र सिभिल अस्पतालमा पुगेकी हुन् ।

प्रधानमन्त्री कार्कीले आजै जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार राति प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले आइतबार कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको बताइएको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्