प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

दियोपोस्ट संवाददाता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । जेनजी आन्दोलनको बलमा शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आज (आइतबार)पदभार ग्रहण गरेकी हुन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको छ । कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हालेकी हुन् ।

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गरेका थिए ।