
काठमाडौँ । केही दिन अघि सांसद पदबाट राजीनामा दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले आइतबार पार्टी पत्यिाग गरेको घोषणा गरेकी हुन् ।
रास्वपा छोडेको जानकारी दिँदै उनले आफुलाई खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको भन्दै चुनौती दिएकी छन् । उनले पार्टी छाडेको घोषणा गर्दै भनेकी छन्, ‘मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’