जेनजीको पत्रकार सम्मेलनमा सुदन गुरुङमाथि हातपात

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजीको अगुवा भनिने ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सुदन गुरुङले गरेको पत्रकार सम्मेलनमा गुरुङमाथि हातपात भएको छ । जेनजीको विषयमा भइरहेको विवाद लगायतका विषयमा हामी नेपाली नामक संस्थाले रिपोटर्स क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीमाथि हातपात भएको हो ।

पत्रकार सम्मेलनका क्रममा ‘हामी नेपाल’ नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भई उनीमाथि हातपात भएको थियो ।