
काठमाडौं । जेनजी प्रदर्शनपछि बन्द गरिएका विद्यालयहरु खुल्न थालेका छन् । गत मंगलबारदेखि बन्द भएका काठमाडौँ उपत्यकाका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्न लागेका हुन् ।
उपत्यकाका विद्यालयले आफ्ना विद्यार्थी तथा अभिभावकहरुलाई सोमबारदेखि विद्यालय सुचारु हुने जानकारी गराइसकेको बताएका छन् ।