पार्टीको नयाँ कार्यालय भवन बनाइने प्रचण्डको उद्घोष

दियोपोस्ट संवाददाता  

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज आन्दोलका क्रममा जलेको पार्टी कार्यालय अवलोकन गरेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका नेता प्रचण्डले पार्टी कार्यालय अवलोकनपछि पार्टीको नयाँ कार्यालय भवन बनाइने बताए ।

सो अवसरमा नेता प्रचण्डले देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा नयाँ र भव्य भवन बनाइने बताए ।

उनले पार्टीका माइन्यूटहरु, पूस्तकालय र कम्प्यूटर बँचेको जानकारी दिए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए ।

सिफारिस