जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको शव नगर परिक्रमा पछि आर्यघाट पुर्याइयो

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको शव नगर परिक्रमा गराइ पशुपति आर्यघाट पुर्याइएको छ । शव गाडीमा राखेर नगर परिक्रमा गराइएको हो ।

मृतकको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । आन्दोलनमा ज्यान गुमाउने अन्यको यसअघि नै दाहसंस्कार भइसकेको छ । सरकारले मृतकहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।