पत्रकार सन्तोष देउजाको घर जलाउने कांग्रेस नेता ‘सागर सुबेदी’ प्रहरीको खोजी सुचीमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भरतपुर चितवनस्थित पत्रकार सन्तोष देउजाको घर जलाउने ब्यक्तिको पहिचान खुलेको छ । पत्रकार देउजाको घर जलाउने ब्यक्ति भरतपुरकै सागर सुबेदी हुन् ।

बिभिन्न फोटो र भिडियोका आधारमा सुबेदीको पचिान खुलेको हो । उनी नेपाली कांग्रेसनिकट विधार्थी संगठन ने.वि.संघका जिल्ला नेता समेत हुन् । उनले जिल्लामा जग्गा दलालीको काम समेत गर्दै आएको बताइएको छ ।

उनले पेट्रोल खन्याएर घर र घरका सामानमा आगो लगाएका थिए । यतिबेला उनी प्रहरीको खोजी सुचीमा छन्।

त्रकार देउजाको घर जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जलाइएको थियो । घर जलेपछि उनी यतिबेला बालबच्चा र श्रीमतिसहित छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् ।