प्रधानमन्त्री सुशिला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडियो संवाद

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडियो संवाद भएको छ । आज (मंगलबार) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट दुई देशका समकक्षीबीच संवाद भएको हो ।

प्रधानमन्त्री कार्कीको शपथग्रहणलगत्तै भारतले औपचारिक रूपमा बधाई तथा शुभकामना प्रकट गरेको छ । भारतीय विदेश मन्त्रालयमार्फत बधाई सन्देश पठाइएपछि प्रधानमन्त्री मोदीले पनि मणिपुरमा भएको एक सम्मेलनमा नेपाललाई उदाहरणीय देशका रूपमा उल्लेख गरेका थिए।

आजको वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहयोगका कार्यक्रम र आगामी साझेदारीका विषयमा छलफल भएको छ।