
काठमाडौँ । सरकारी कर्मचारीको बैठक भत्ता कटौती गरिने भएको छ । देशको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै सरकारी खर्चमा तिब्ययिता अपनाउन कर्मचारीको बैठक भत्ता कटौती गर्न लागिएको हो ।
मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बुधबार बसेको उच्च स्तरीय बैठकले कर्मचरीको बैठक भत्ता कटौती गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले औसत दरबन्दी २० प्रतिशतले घटाउने, राष्ट्रिय स्तरका सबै गोष्टी र सेमिनारहरु सरकारी हलमै आयोजना गर्ने समेत निर्णय गरेको छ ।