कोटेश्वरको भाटभटेनीमा भेटिएको अस्थिपञ्जर रामेछापका विकास रसाइलीको भएको पुष्टि

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा जलेको अवस्थामा अस्थिपञ्जर फेला परेको छ। बुधबार बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उक्त अस्थिपञ्जर रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासलमा बस्ने २२ वर्षीय विकास रसाइलीको हो ।

मृतकको शव जलेर पहिचान गर्न नसकिने अवस्थामा भेटिएको भएपनि शवसंगै फेला परेको सिमका आधारमा विकासकै शव भएको पुष्टि भएको एसपी बोहोराले जानकारी दिए ।

विकासका परिवारले समेत विकास हराइरहेको भन्दै खोजी गर्नका लागि प्रहरीसंग अनुरोध गरेका थिए । उक्त शव पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल लगिएको एसपी बोहोराले बताए ।

यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ वटा शवका अस्थिपञ्जिर फेला परेका थिए। योसँगै मृतकको संख्या ७४ पुगेको छ।