संविधान दिवसका अवसरमा नेपाल टेलिकमको विशेष अफर, आजदेखि लागू

दियोपोस्ट संवाददाता  

काठमाडौं । संविधान दिवस २०८२ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विशेष प्याकेज अफर सार्वजनिक गरेको छ। यो अफर आजदेखि असोज ४ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ।

यस विशेष अफर अन्तर्गत, ग्राहकले सस्तो दरमा डाटा, भ्वाइस र एसएमएस सुविधा पाउनेछन्। यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।

विशेष फेस्टिभ कम्बो प्याक रु. ७८९ मा उपलब्ध हुनेछ। यसमा ३० जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न सकिने ६०० मिनेट भ्वाइस र २०० वटा एसएमएस सुविधा दिइने टेकिमले जनाएको छ । यसको वैधता प्रिपेड ग्राहकका लागि २८ दिन र पोस्टपेड ग्राहकका लागि ३० दिन रहनेछ। पोस्टपेड प्रयोगकर्ताको हकमा शुल्क मासिक रेन्टल चार्जबाटै कटौती गरिने टेलिकमले जनाएको छ।

यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने ६ जिबी डेटा, रु १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा, रु २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी डेटा र रु ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।

 

सिफारिस