
काठमाडौँ । संविधान दिवसको अवसरमा शान्ति र लोकतन्त्रका लागि बिभिन्न पेशागत संगठनहरुको साझा सञ्जाल (पापड)ले बृहद शान्ति र्याली सम्पन्न गरेको छ । पापडले भ्रष्ट्राचारको अन्त्य, सुशासन, संविधान र लोकतन्त्रको रक्षाका लागि पापडले र्याली सम्पन्न गरेको हो ।
नेपाल चिकित्सक सङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल प्राध्यापक सङ्घ र नेपाल पत्रकार महासङ्घ लगायतका संस्थाहरूको संयुक्त सञ्जालले युवा पुस्ताको परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त शासनको मागमा ऐक्यबद्धता जनाएका छन्।
माइतीघरबाट सुरु भएको र्याली शहीदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै पूनः माइतीघर मण्डलामा आई कोणसभामा परिणत भएको थियो ।






