
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी जेनजी आन्दोलनका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेकी छन् । भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर आन्दोलनको क्रममा घाइते भएका युवा र प्रहरीलाई भेटेकी हुन् ।
पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भइ उपचार गराइरहेका घाइतेहरुको स्वास्थ्य अवस्था चासो ब्यक्त गरेकी थिइन् ।