तुइन खोलामा निरन्तर पहिरो, वैकल्पिक सडक प्रयोग गर्न ट्राफिकको आग्रह

दियोपोस्ट संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ ।

शुक्रबार साँझ ६स्०० बजेदेखि निरन्तर खसेको सुक्खा पहिरोले १०० मिटर सडक ढाकेको छ ।

आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ ।

पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।