
काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ ।
इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्याएको हमासले जिकिर गरेको छ ।
सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरीएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो । कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ ।
त्यसमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ। तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सन गरिएको थियो । हमासले सार्वजनिक गरेको तस्वीरसँगै ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो’ उल्लेख गरिएको छ ।
यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको नरसंहारात्मक युद्ध अन्त्य गर्न हमाससँग कुनै सम्झौतामा नगर्ने बारम्बार अस्वीकारलाई जनाउँछ।
इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दीहरू जीवितै राखिएका विश्वास व्यक्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्।
ट्रम्प र नेतान्याहूले उनीहरूले सबै जीवित र मृत बन्दीहरूलाई फर्काउनेछन् र हमासलाई ‘ध्वस्त’ गर्ने बताउँदै आएका छन् । हमासले इजरायली आक्रमण अझै तीव्र हुनुका साथै स्थल(आक्रमण बढ्दा बन्दीहरूको जीवन जोखिममा पर्ने चेतावनी दिंदै आएको थियो ।
शनिबार लाखौं इजरायलीहरू तेल अभिभ र अन्य शहरका सडकमा उत्रेर सरकारको विरोध गरिरहेको र युद्ध अन्त्य गरी सबै बन्दी फर्काउन तुरुन्तै सम्झौता गर्न माग गर्ने तयारी भइरहेको बेला हमासले यो सूची सार्वजनिक गरेको हो