
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ। माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार बैठकमा वर्तमान परिस्थिती र पार्टीको आगामी योजनाबारे छलफल हुनेछ ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने तय भएको उपाध्यक्ष सापकोटाले जानकारी दिए।