शुक्रबार साँझदेखि बन्द गरिएको नारायणघाट-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । पहिरोका कारण शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको नारायणघाट–मुग्लिन सडक संचालनमा आएको छ । तुइन खोलाको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको सडक डिभिजन कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले बन्द भएको करिब ४५ घन्टामा नारायणघाट–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको बताए।

सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो। नयाँ पुल बनाउनेक्रममा पहरो फोरेपछि यहाँ पहिरो झर्न थालेको थियो ।

बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको उक्त कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए। सडक अवरूद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका थिए।