आज मन्त्रिपरिषद् विस्तार गरिँदै, २ बजे शपथ ग्रहण

दियोपोस्ट संवाददाता

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । नवनियुक्त ५ मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ ।

कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् । तर डा. मिश्रको नाम बिवादित भए पछि उनको सपथ होल्ड गरिएको बताइएको छ ।

कार्की नेतृत्वको सरकारमा हाल तीन जना मात्र मन्त्रीहरु छन् । आज ५ जनाको शपथसंगैै ८ सदस्यीय मन्त्री मण्डल हुने