
काठमाडौँ । नवनियुक्त चार मन्त्रीले आज शपथग्रहण लिएका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा चार मन्त्रीले शपथ लिएका हुन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, कृषि विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका छन् । यससंगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्री मण्डल ८ सदस्यीय बनेको छ ।
नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराए । शपथ ग्रहण समारोहमा सहभागी हुन सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति रहेको थियो ।