सेवा सुबिधा केही चाँहिदैन, मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने होः महावीर पून

दियोपोस्ट संवाददाता

 

काठमाडौँ । सुशिला कार्की नेतृत्वको सरकारमा वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पून शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । उनले सोमबार राष्ट्रपतिबाट सपथ समेत लिएका छन् ।

पहिलो पटक दौरासुरुवाल र टोपीमा देखिएका पूनले शपथ ग्रहणपछि संचारकर्मीसंग कुरा गर्दै राज्यबाट सेवासुविधा नलिने बताएका छन् । उनले भने, ‘सेवा सुबिधा केही चाँहिदैन । मन्त्रालयमै बस्ने हो । त्यहीँ ओछ्यान लाउने हो । काम गर्ने हो ।’

मन्त्री भएपछि पहिलो काम के गर्नु हुन्छ ? भन्ने संचारकर्मीको प्रश्नमा उनले केही ठट्यौली शैलीमा भने, ‘किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइदिएका छन् । के गर्ने भन्ने कुरा अहिले केही भन्न सक्दिन ।’

मन्त्री पूनले मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने राम्रा सुझाव ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने बताए । उनले मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उनले बताए ।

सो अवसरमा मन्त्री पूनले हरेक युवाले कुनै काम गर्नु पर्दा आफ्नो बुद्धि लगाएर काम गर्नु पर्ने बताए ।