तीन दिनपछि पूर्णरूपमा खुल्यो मुग्लिन–नारायणगढ सडक

दियोपोस्ट संवाददाता

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो ।

रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात गत राति रोकिएको थियो । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो ।