तुइनखोलाको पहिरो पन्छाउन सुरु

दियोपोस्ट संवाददाता

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम सुरु गरिएको छ । आज बिहानदेखि पहिरो पन्छाउन सुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन आज दिनभर लाग्ने छ । मंगलबार दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ ।

तुइनखोलामा सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना नभएको बताइएको छ ।

पहिरो खसेलगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । सडक डिभिजन कार्यालयले सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनेको छ ।