
जनकपुर । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेश अन्र्तगत कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सर्मथन फिर्ता लिएसंगै कांग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने बताइएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले औपचारिकरुपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर सरकारबाट बाहिरिने बताए । उनले कांग्रेसबाट मन्त्री भएका सांसदलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको उल्लेख गरे ।
यसअघि २८ भदौमा जनमत पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । चार दलीय गठबन्धनको सरकारलाई दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।