राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच शीतल निवासमा भेटवार्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच शीतल निवासमा भेटवार्ता भएको छ । पौडेल र कार्कीबिच बुधबार भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।