
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विघटन गरेको हो ।
अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गरेको हो ।
पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको उनले बताए ।